बिदेसमा रहेका युवाहरुलाई नेपाल फर्कने तयारी गर्न सभामुखको आग्रह


धादिङ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेका छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सवको अवलोकनका क्रममा सभामुख अर्यालले उक्त आग्रह गरेका हुन्।

महोत्सव स्थलमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले राष्ट्रिय एकता, सांस्कृतिक संरक्षण र सामाजिक सद्भावलाई बलियो बनाउन सबैको भूमिका महत्वपूर्ण हुने धारणा पनि व्यक्त गरे।