काठमाडौं । संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख चार दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन्।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूलाई आमन्त्रण गरिएको उक्त बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी भएनन्।
यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन्।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपा (माओवादी केन्द्र) का सहसंयोजक माधवकुमार नेपाल तथा नेता वर्षमान पुनलगायत नेताहरूको उपस्थिति रहेको छ।
संसद्मा जारी अवरोध अन्त्य गरी सहमतिको वातावरण बनाउने उद्देश्यसहित बैठक आयोजना गरिएको भए पनि प्रमुख दलका शीर्ष नेतृत्वको अनुपस्थितिले बैठकको प्रभावकारितामाथि प्रश्न उठेको छ।

















प्रतिक्रिया