काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आह्वानमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा जारी छ।
बैठकमा सभापति लामिछानेले हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन्। साथै समसामयिक राजनीतिक अवस्था, दलहरूबीचको संवाद र संसद्मा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकमा सहभागी विभिन्न दलका नेताहरूले सर्वदलीय बैठकमार्फत संवादको प्रक्रिया सुरु भएकोमा स्वागत गरेका छन्। राजनीतिक विषयहरूमा साझा धारणा निर्माण र संसद्को अवरोध अन्त्य गर्ने उपायबारे पनि छलफल जारी रहेको बताइएको छ।


















प्रतिक्रिया