महत्वपूर्ण निर्णय लिन प्रधानमन्त्रीले बोलाए मन्त्रि परिषद बैठक


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।

सरकारले बैठकबाट केही महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू गर्ने तयारी गरेको स्रोतले जनाएको छ।