काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने २ हजार २९९ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९५, नियमविपरीत राइड सेयरिङ गर्ने ९९, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १२९ तथा तीव्र गतिमा सवारी चलाउने १४७ जनालाई कारबाही गरिएको छ।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने १०८, निषेधित क्षेत्रमा हर्न बजाउने ११५, सडकपेटीमा सवारी पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ९८ तथा अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने १ हजार ४२१ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी चालकलाई नियम पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेविरुद्ध निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

















प्रतिक्रिया