भक्तपुरका चाँगुनारायण र सूर्यविनायक नगरपालिकास्थित विभिन्न कुखुरा फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएपछि ४८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ।
पशु सेवा कार्यालय भक्तपुरका पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ का फार्महरूमा संक्रमण देखिएपछि ३८ हजार ७९५ कुखुरा नष्ट गरिएको छ।
यस्तै, सूर्यविनायक नगरपालिका–१, ४ र ८ का कुखुरा फार्ममा पनि बर्डफ्लू पुष्टि भएपछि ९ हजार ३७८ कुखुरा नष्ट गरिएको उनले जानकारी दिए।
जिल्लाभर हालसम्म कुल ४८ हजार १७३ कुखुरा नष्ट गरिएको जनाउँदै डा. श्रेष्ठले संक्रमण पुष्टि भएका फार्मका सबै कुखुरा रोग नियन्त्रणका लागि नष्ट गरिएको बताए। बर्डफ्लूको थप फैलावट रोक्न सम्बन्धित निकायले निगरानी र नियन्त्रणका उपायहरू तीव्र बनाएको जनाएको छ।

















प्रतिक्रिया