सुर्खेत । कर्णाली प्रदेश सभाको बिहीबारको बैठक विपक्षी दलहरूको अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको छ।
सभामुख नन्दा गुरुङले विपक्षीको असहमतिका बीच बैठक अगाडि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माले बैठक अवरोध गरेका हुन्।
सभामुखले कार्यसूची अघि बढाउने प्रयास गरेपछि विपक्षी सांसदहरू रोस्ट्रमतर्फ पुगेर विरोध जनाएका थिए। बैठकमा चर्को हङ्गामा भएपछि सभामुख गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी हुन्।
विपक्षी सांसदहरूले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममा पुगेर आफ्नो प्रस्ताव प्रस्तुत गर्नसमेत अवरोध गरेका थिए।
आजको बैठकबाट सत्ता पक्षले प्रदेशको बजेट पारित गर्ने तयारी गरेको छ। विपक्षीको अवरोधका कारण बजेट पारित प्रक्रिया प्रभावित हुने वा नहुने भन्ने विषय बैठक पुनः सुरु भएपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया