काठमाडौं l पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
बिहीबार न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त रिट खारेज गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलले आफ्नो पक्राउ गैरकानुनी भएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ बिहीबार भएको थियो।
यसअघि असार १० गते पौडेलकी पत्नी दोमाया पौडेलले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले व्यापारी दिपक भट्ट, सुलभ अग्रवाललगायतसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र तथा बिमासम्बन्धी मुद्दाका फाइल झिकाउन आदेश दिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी रहेको छ।

















प्रतिक्रिया