काठमाडौं । नेपाली कांग्रेसले सरकारका १०० दिनको कार्यसम्पादन र सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यक्रमबारे आज छलफल गर्ने भएको छ।
कांग्रेसको संसदीय मामिला सहजीकरण संयन्त्रले आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहने पार्टीले जनाएको छ। कार्यक्रममा राजनीतिका विज्ञ रमेश अधिकारी, सामाजिक विकास विज्ञ आरती लम्साल, अर्थ विज्ञ डा. सुदन कुमार वली, पूर्वाधार विज्ञ अमृत ज्ञवाली तथा वैदेशिक सम्बन्धका विज्ञ सौरभ राज पन्तले सरकारका सय दिनका उपलब्धि, नीति तथा कार्यान्वयनका पक्षमा आफ्नो धारणा राख्नेछन्।
उक्त कार्यक्रम आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा सुरु हुने जनाइएको छ।

















प्रतिक्रिया