काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन ६ गते बृहत् कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
सोमबार उद्घाटन गरिएको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा बृहत् कार्यक्रम गर्ने निर्णय गरेको हो। कार्यक्रमको स्थान र विस्तृत कार्यतालिका भने अझै तय हुन बाँकी छ।
नेता मीन विश्वकर्माका अनुसार मंगलबार बस्ने बैठकले १५औँ महाधिवेशनको कार्यतालिका तथा सम्पर्क कार्यालयबाट सञ्चालन गरिने गतिविधिबारे थप निर्णय गर्नेछ।
उनले विशेष महाधिवेशनमा सहभागी नभएका धेरै नेता–कार्यकर्ता अझै बाहिर रहेकाले पार्टीभित्र एकताको आवश्यकता रहेको बताए। साथै, १५औँ महाधिवेशनलाई लक्षित गर्दै एकताको दबाब सिर्जना गर्न सम्पर्क कार्यालय स्थापना गरिएको उनको भनाइ छ।

















प्रतिक्रिया