काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल सरकार र एडीबीबीच करिब ६ दशकदेखि कायम विकास साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। दुवै पक्षले पारस्परिक सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमार्फत नेपालको विकासले आगामी दिनमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका थिए। साथै जलविद्युत्, पर्यटन, डिजिटलाइजेसन तथा पर्यटकीय सडक पूर्वाधारका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि सकारात्मक छलफल भएको जनाइएको छ।

भेटका क्रममा एडीबी अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता जनाउँदै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर सहयोग गर्न तयार रहेको बताए।
उनले नेपालको आर्थिक सम्भावना, युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै नेपालको विकास यात्रामा एडीबी सधैं साथ रहने प्रतिबद्धता पनि दोहोर्याए।


















प्रतिक्रिया