काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा नेपाली सेनाले आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाअन्तर्गतको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ।
उक्त बजेट परीक्षण उत्पादनका प्रारम्भिक तयारी तथा आवश्यक व्यवस्थापनका लागि उपलब्ध गराइएको बताइएको छ।
सरकारले नेपाली सेनामार्फत उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ भने परीक्षण उत्पादन सफल भए उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि बढाइनेछ।

















प्रतिक्रिया