काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना सजाय सुनाएको छ।
मंगलबार सजाय निर्धारणका लागि भएको सुनुवाइपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय निर्धारण गर्दै एकीकृत रूपमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको हो।
अदालतले ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकेको छ। साथै थप तीन महिनाको कैद सजाय पनि निर्धारण गरिएको छ।
यी सजायलाई एकीकृत गर्दा खाणले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना भोग्नुपर्ने अदालतको आदेशमा उल्लेख छ।
यसअघि असार २४ गते न्यायाधीश खड्काको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनाले सफाइ पाएका थिए।

















प्रतिक्रिया