काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले ४ वर्ष कैद सजाय सुनाएको छ।
मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गर्दै रायमाझीलाई ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा दोषी ठहर गर्दै ४ वर्ष कैद सजाय सुनाएको हो।
अदालतले यसअघि असार २३ गते रायमाझीसहित १६ जनालाई दोषी ठहर गरेको थियो। त्यसको सजाय निर्धारण गर्दै मंगलबार रायमाझीलाई ४ वर्ष कैद सजाय तोकेको हो।
रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा ठगी गरिएको प्रकरणमा दोषी ठहर भएका थिए। अदालतले उनीविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुर पुष्टि भएको निष्कर्ष निकालेको छ।

















प्रतिक्रिया