पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर


काठमाडौं। मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार अहिराजलाई दोषी ठहर गरेको हो।

अदालतले दोषी ठहर गरे पनि सजाय भने अझै निर्धारण गरेको छैन। सजाय निर्धारणका लागि आगामी साउन ३२ गते अर्को पेसी तोकिएको छ।

अब उक्त पेसीमा अदालतले दोषको प्रकृति र कानुनी व्यवस्थाअनुसार अहिराजलाई हुने सजाय निर्धारण गर्नेछ।