दसैँपछि काठमाडौंमा विदेशी सेना उत्रिने अभियन्ता दुर्गा प्रसाईँको दाबी


काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईँले दसैँपछि काठमाडौंमा विदेशी सेना उत्रिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रसाईँले भने, “लगभग दसैँ छेकोमा यहाँ विदेशी सेना उत्रिँदै छ। अनि दलाई लामा पनि यहाँ जन्मन्छन्। त्यही विदेशी सेनाले दलाई लामालाई प्रोटेक्ट गर्छ। त्यसपछि परिस्थिति कस्तो हुन्छ, हेर्नुहोला। त्यो परिस्थितिबाट देशलाई जोगाउने कि नजोगाउने भन्ने प्रश्न आउँछ।

सोही अवसरमा प्रसाईँले झापामा तीन युवतीले आत्महत्या गरेको घटनाको उल्लेख गर्दै आर्थिक अभाव, ऋणको दबाब र बेरोजगारीका कारण नागरिकहरू चरम निराशामा पुगेको दाबी गरे। देशको आर्थिक अवस्था अत्यन्त दयनीय बनेको भन्दै उनले सरकारलाई जनताको समस्या समाधानतर्फ गम्भीर बन्न आग्रह गरे।