राष्ट्रिय निकुञ्जमा हराएका १४ महिला सकुशल फेला


कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिला सकुशल फेला परेका छन्।

उनीहरू साउन ३ गते बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न प्रवेश गरेका थिए। साँझ ९ बजेसम्म पनि सम्पर्कमा नआएपछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले रातभर खोजी अभियान सञ्चालन गरेको थियो।

सोमबार दिउँसो करिब १:१० बजे सम्पर्कविहीन भएका सबै १४ जना महिला सकुशल सम्पर्कमा आएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।