काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) को आह्वानमा आयोजित ‘चलो संसद’ मार्चका क्रममा सोमबार भारतको मध्य दिल्ली तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले संसद भवन वरपरको उच्च सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि सुरक्षा बलले हस्तक्षेप गरेको हो।
प्रदर्शनकारीहरूलाई रोक्न सुरक्षा बलले अश्रुग्यास प्रहार, लाठीचार्ज तथा दङ्गा नियन्त्रणका सवारी साधन प्रयोग गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने संसद क्षेत्रको सुरक्षा थप कडा पारिएको छ।

















प्रतिक्रिया