बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज तीन दर्जन उद्योगीसँग छलफल गर्दै


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज झन्डै तीन दर्जन उद्योगीहरूसँग बजेट कार्यान्वयन र उत्पादनमूलक उद्योग प्रवर्द्धनका विषयमा विशेष छलफल गर्ने भएका छन्। अर्थ मन्त्रालयमा हुने छलफलमा नेपालका उत्पादनमूलक उद्योग सञ्चालन गर्दै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएका उद्योगपतिहरूलाई आमन्त्रण गरिएको मन्त्रालयले जनाएको छ।

छलफलमा अर्थमन्त्री वाग्लेसँगै अर्थ सचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका अधिकारीहरूको पनि सहभागिता रहनेछ।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, उद्योग क्षेत्रका समस्या सुन्ने तथा उत्पादन र लगानी प्रवर्द्धनका उपायबारे उद्योगीहरूको सुझाव संकलन गर्ने उद्देश्यले यो बैठक आयोजना गरिएको बताइएको छ।