काठमाडौं । विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको भीषण हिमपहिरोमा परी निधन भएको छ।
निर्मल पुर्जा संस्थापक रहेको आरोहण कम्पनी इलाइट एक्सपेड ले शनिबार फेसबुकमार्फत शोक वक्तव्य जारी गर्दै उनको निधन भएको आधिकारिक पुष्टि गरेको हो।
कम्पनीका अनुसार बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको विनाशकारी हिमपहिरोमा पुर्जासहित उनको टोलीका अन्य सदस्यहरूको पनि ज्यान गएको छ।
निर्मल पुर्जा नेपाली पर्वतारोहण क्षेत्रका विश्वप्रसिद्ध व्यक्तित्व थिए। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल कीर्तिमानी समयमै आरोहण गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका थिए। उनको निधनले नेपालको पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।



















प्रतिक्रिया