सुनसरीका चार स्थानीय तहमा निषेधाज्ञा यथावत


सुनसरी । पछिल्ला घटनाक्रमको समीक्षा गर्दै जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहेको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय, सुनसरीले जिल्लाका अधिकांश स्थानबाट निषेधाज्ञा हटाएको छ। तर संवेदनशील मानिएका चार स्थानीय तहमा भने निषेधाज्ञा यथावत् राखिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल द्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम २०८३ साउन १७ गते बिहान ९:३० बजेदेखि साँझ ७:०० बजेसम्म निषेधाज्ञा लागू रहने जनाइएको छ।

निषेधाज्ञा जारी रहने क्षेत्रहरू:

  • देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र
  • भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्र
  • कोशी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
  • हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र

जिल्ला प्रशासन कार्यालयले अन्य स्थानबाट निषेधाज्ञा हटाइएको जानकारी दिँदै नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनसँग सहयोग गर्न आग्रह गरेको छ।