इलाम । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–१०, राजदुवाली क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

अवरुद्ध सडक खुलाउने तथा यात्रुहरूको आवतजावत सहज बनाउन नेपाली सेनाको रणशार्दूल गणबाट साउन १७ गतेदेखि दैनिक रूपमा फौज परिचालन गरिएको छ।

सेनाले यात्रु, बिरामी, ज्येष्ठ नागरिक, बालबालिका तथा अशक्त व्यक्तिहरूलाई सुरक्षित रूपमा वारपार गराउने कार्य गरिरहेको जनाएको छ। साथै, पहिरो पन्छाएर अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक समन्वय र प्रयास जारी रहेको नेपाली सेनाले जनाएको छ।




















प्रतिक्रिया