प्रधानमन्त्री बालेन शाहको सन्देश : ‘ढिला होला, तर गलत हुँदैन


काठमान्डौ – प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत धैर्य गर्न आग्रह गर्दै अर्थपूर्ण सन्देश सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री शाहले ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’ भन्दै परिस्थितिलाई लिएर नआत्तिन आग्रह गरेका हुन्।

उनले सुनेको र देखेको आधारमा मात्रै वास्तविकता निष्कर्ष निकाल्न नहुने संकेत गर्दै ‘सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ’ भनेका छन्।

यस्तै, कठिन परिस्थितिमा एक्लै संघर्ष गर्नुपर्ने अवस्था आउने उल्लेख गर्दै शाहले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’ लेखेका छन्।

प्रधानमन्त्री शाहको यो अभिव्यक्ति पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितिप्रति लक्षित रहेको हुनसक्ने देखिए पनि उनले भने कुन विषय वा घटनालाई संकेत गरेका हुन् भन्नेबारे भने स्पष्ट पारेका छैनन्।