काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार महाराजगञ्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टी एकता हुने विश्वास व्यक्त गरे।
विशेष महाधिवेशनको पक्षमा आफू नरहेको स्पष्ट पार्दै देउवाले त्यसविरुद्ध आफूहरूले मुद्दा दिएको बताए। ‘त्यसको पुनरावलोकन नभएसम्म धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ, त्यसमा न्याय मिल्छ। अनि पार्टी एकता हुन्छ,’ उनले भने।
देउवाले आफूलाई सुदूरपश्चिम र विशेषगरी डडेलधुरा जान मन रहेको पनि बताए। सुदूरपश्चिमले आफूलाई धेरै दिएको उल्लेख गर्दै उनले डडेलधुरामा एयरपोर्ट निर्माणको काम पूरा गर्ने प्रतिबद्धता जनाए।





















प्रतिक्रिया