काठमाडौं । सरकारले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा पेस गरेको छ।
सोमबारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले विधेयक प्रस्तुत गरेकी हुन्।
मन्त्री बादीका अनुसार बाल न्याय प्रणालीमा बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न तथा कानुनी विवादमा परेका बालबालिकाको संरक्षण प्रणालीलाई सुदृढ र संस्थागत गर्न विधेयक ल्याइएको हो।
सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई थप प्रभावकारी र समृद्ध बनाउने उद्देश्यले संशोधन विधेयक अघि सारेको जनाएको छ।





















प्रतिक्रिया