काठमाडौं । विशेष अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार आरोपमा दायर मुद्दामा विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार यस्तो आदेश दिएको हो।
दाहालमाथि पदको दुरुपयोग गरी हिमालयन लाइफ इन्स्योरेन्सको रकम नियमविपरीत नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानी गराएको आरोप छ। सरकारी पक्षले उनीविरुद्ध ३ अर्ब ५० करोड ३० लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरेको थियो।





















प्रतिक्रिया