‘न्याय र उपचार दुवैबाट जनता वञ्चित’ : हर्कराज राई


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार चुकेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै राईले सीमा सुरक्षा, शान्ति सुरक्षा, रोजगारी, खाद्यान्न आपूर्ति र महँगी नियन्त्रणमा सरकारको कार्यसम्पादन कमजोर रहेको बताए। प्रधानमन्त्रीदेखि मन्त्रीसम्म संसद् र जनताप्रति जवाफदेही हुनुपर्ने उनको भनाइ छ। राईले सुनसरीको रामधुनी–७ को ६४ बिघा जग्गा विवादमा बस्तीवासीलाई न्याय दिन तथा धरानको बराह सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन सरकारसँग माग गरे।

सहकारी पीडितको रकम फिर्ता, जग्गा विवाद समाधान र विकास आयोजनाको ठेक्का प्रक्रिया अघि बढाउन माग गरेका छन् ।