मन्त्रीदेखि सांसदहरू पुगेपछि सुरु भयो रास्वपा संसदीय दलको बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। रास्वपा संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरू उपस्थित भएपछि बैठक सुरु भएको हो।

बैठकमा पार्टीको संसदीय गतिविधि, संसदमा उठाउने विषय तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

पछिल्लो समय संसदमा रास्वपाका सांसदहरूबीच देखिएको असमझदारी, सांसदहरूको भूमिकाका साथै संसदीय अनुशासन र मर्यादाका विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

रास्वपाले संसदमा पार्टीका सांसदहरूको भूमिका थप प्रभावकारी बनाउने तथा सरकारमा रहेका मन्त्री र सांसदबीच समन्वय मजबुत बनाउने विषयलाई समेत बैठकमा प्राथमिकता दिने जनाएको छ।