तेल अभिभ । पाँच वर्षीया प्यालेस्टिनी बालिका हिन्द रजाबको हत्या प्रकरणमा इजरायली सेनाले दुई वर्षपछि आपराधिक अनुसन्धान सुरु गरेको छ।
सन् २०२४ जनवरीमा गाजामा परिवारसहित कारमा रहेकी रजाबमाथि गोली प्रहार भएको थियो। घाइते रजाबले उद्धारका लागि घण्टौँ सहयोग मागेकी थिइन्। उनलाई उद्धार गर्न गएको एम्बुलेन्ससमेत आक्रमणमा परेको थियो।
पछि इजरायली सेनाको पुनरावलोकनमा घटनास्थलनजिक आफ्ना सैनिक रहेको र गोलीबारी भएको तथ्य भेटिएपछि सैन्य प्रहरीलाई अनुसन्धानको जिम्मा दिइएको हो।
प्यालेस्टिनी अधिकारीहरूले भने विगतका इजरायली छानबिन निष्पक्ष नभएको भन्दै यसपटकको अनुसन्धानप्रति पनि आशंका व्यक्त गरेका छन्।






















प्रतिक्रिया