काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक दबाबबाट मुक्त रहँदै आफ्नो संवैधानिक हैसियत र स्वतन्त्रता कायम राख्न सुझाव दिएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले ‘प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा अख्तियार उनीहरू मातहतको निकायजस्तो भएर जान नहुने’ बताए।
उनले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभएको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा र निर्णय गर्ने आँट कायम राख्नुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्रीहरूले अख्तियार प्रमुखलाई आफूअनुकूल काम गर्न र संसदीय सुनुवाइ पार गराउन आग्रह गर्ने गरेको दाबी गर्दै सिंहले यस्तो राजनीतिक हस्तक्षेपको प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।
‘अख्तियार स्वतन्त्र संवैधानिक निकाय हो, राजनीतिक शक्तिको प्रभावमा होइन, कानुनअनुसार चल्नुपर्छ,’ उनको जोड थियो।






















प्रतिक्रिया