न्यायाधीश नियुक्तिको तयारी तीव्र, आज न्याय परिषद्को बैठक


काठमाडौं । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिसहित विभिन्न विषयमा निर्णय गर्न आज न्याय परिषद्को बैठक बस्दैछ। परिषद् स्रोतका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सम्भावित नाममाथि छलफल गरी सिफारिस गर्ने तयारी छ।

सर्वोच्च अदालतका रिक्त चार न्यायाधीश पदमा यसपटक करिअर जज’लाई प्राथमिकता दिने तयारी गरिएको छ। सर्वोच्चका लागि उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशसहित नौ जनाको नाम चर्चामा छ।

त्यस्तै, उच्च अदालतमा रिक्त दुई मुख्य न्यायाधीशसहित पाँच पदमा पनि न्यायाधीश सिफारिस गर्ने तयारी छ। परिषद् बैठकमा सहमति जुट्न नसके अन्य न्यायिक विषयमा छलफल हुने बताइएको छ।

प्रधानन्यायाधीशको अध्यक्षतामा बस्ने परिषद् बैठक चिया ब्रेकपछि आजै बस्ने तयारी गरिएको परिषद्का एक अधिकारीले बताएका छन्।