काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले अब कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार चलाउने जनादेश पाएकाले त्यस अवधिसम्म काम गर्ने अवसर दिनुपर्ने बताए।
उनले आगामी निर्वाचनपछि कांग्रेसले सरकार सञ्चालन गर्ने गरी तयारी गरिरहेको पनि बताए। विगतमा कांग्रेस–एमालेले जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै बहुमतलाई मात्र आधार बनाउँदा समस्या आएको उल्लेख गर्दै थापाले नयाँ राजनीतिक शक्तिहरूलाई त्यही गल्ती नदोहोर्याउन सुझाव दिए। हामीले भोगेको कुरा नयाँ साथीहरूले फेरि किन भोग्नुहुन्छ? कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस्, अब नेपालले थेग्न सक्दैन,’ उनले भने।थापाले संसदको गरिमा र सांसदको जिम्मेवारीप्रति पनि गम्भीर बन्न आग्रह गरे। सांसद, सरकार, अदालत र संवैधानिक निकायमा रहेका व्यक्तिले कानुनसँगै जनभावनालाई समेत ध्यान दिएर अधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।






















प्रतिक्रिया