सुर्खेत । बराहताल गाउँपालिका–७ नयाँवनस्थित भित्री सडकमा बाटो सफा गर्ने क्रममा JCB करिब ३०० मिटर तल खस्दा चालकको मृत्यु भएको छ।
भे.१ ग १२७ नम्बरको JCB दुर्घटनामा बराहताल–५ निवासी करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।
उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्याइएका लामिछानेलाई चिकित्सकले ईसीजी परीक्षणपछि मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






















प्रतिक्रिया