रावलले लिए डेपुटी गभर्नरको शपथ, आजै पदबहाली


काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका रावलले आजै पदबहालीसमेत गरेका छन्। उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नर नियुक्त गरेको थियो।

रावलले २०६२ सालमा सहायक निर्देशकका रूपमा राष्ट्र बैंक प्रवेश गरेका थिए। कार्यकारी निर्देशक हुँदै उनी बैंक सुपरीवेक्षण विभागको नेतृत्वमा थिए।