काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निकोसेराको घरमा प्रहरीले खानतलासी गरेको छ।
बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंको घरमा खानतलासी गरेको हो। प्रहरीका अनुसार लघुवित्त पीडितलाई आन्दोलनका लागि प्रेरित गरेको आरोपमा खानतलासी गरिएको हो।
खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापाले गरेका छन्। हाल लघुवित्त पीडितहरू पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा छन्।






















प्रतिक्रिया