काष्ठमण्डपको नयाँ मूर्ति यथावत् राख्न सर्वोच्चको आदेश


काठमाडौँ । सर्वोच्च अदालतले काष्ठमण्डपमा राखिएका नयाँ गोरखनाथ र चार गणेशका मूर्ति नहटाउन आदेश दिएको छ। पुराना मूर्ति हटाएर नयाँ राखिएको विषयमा परेको रिट खारेज गर्दै अदालतले धार्मिक आस्था र सम्पदाको मौलिकताबीच सन्तुलन कायम गर्नुपर्ने ठहर गरेको हो।

सर्वोच्चले भविष्यमा सम्पदा संरक्षणका लागि सरकारलाई पुराना मूर्ति सुरक्षित राख्न, डिजिटल अभिलेख तथा ३डी डकुमेन्टेसन गर्न र पुनर्निर्माणअघि सम्पदा प्रभाव मूल्याङ्कन गर्न निर्देशन दिएको छ।

साथै, सम्पदा परिवर्तन वा स्थानान्तरण गर्दा पुरातत्वविद्, इतिहासविद्, संस्कृतिविद् र स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्न आदेश दिएको छ।