काठमाडौँ । उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तीवनस्थित भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रमा रहेका अवैध तथा अतिक्रमित संरचना भत्काएको छ।
प्राधिकरणले संरचना हटाउन सातदिने सूचना जारी गरे पनि समयसीमाभित्र नहटाएपछि शुक्रबार डोजर चलाएको हो। करिब १२ वर्षपछि अतिक्रमित संरचना हटाउन सफल भएको आयोजनाले जनाएको छ।
स्वीकृत नक्साअनुसार सडक तथा ढलान निर्माण अघि बढाउन बाटोको सीमाभित्र परेका संरचना हटाइएको प्राधिकरणले जनाएको छ।






















प्रतिक्रिया