काठमाडौँ । उच्च अदालत पाटनले छोराको शिक्षा र बालकको सर्वोत्तम हितलाई ध्यानमा राख्दै विदेशी नागरिक मोनिका रोमेइकोलाई नेपालमा बस्न भिसा दिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशद्वय ऋषिराम निरौला र अच्युत कुइकेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । मोनिकाका छोरा सन् २०२० देखि पोखराको ताल बाराही माध्यमिक विद्यालयमा अध्ययनरत छन् र हाल कक्षा १० मा एसईईको तयारी गरिरहेका छन् ।
छोराको भिसा नवीकरणका लागि शिक्षा मन्त्रालयले सिफारिस गरे पनि संरक्षक आमाको आश्रित भिसा नवीकरणका लागि सिफारिस नगरेपछि उनी अदालत पुगेकी थिइन् ।
अदालतले एसईई परीक्षा र नतिजा प्रकाशन नभएसम्म कानुनबमोजिम दस्तुर लिएर मोनिकाको भिसा नियमित गर्न आदेश दिएको छ ।






















प्रतिक्रिया