मुस्ताङ पुगेका प्रधानमन्त्री बालेन्द्रको भ्रमण निजी रहेको खुलासा


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको स्पष्ट पारेको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी रहेको बताएका हुन् ।

प्रवक्ता अर्यालले भ्रमणबारे थप जानकारी आवश्यक भए प्रधानमन्त्रीको सचिवालयसँग बुझ्न सकिने बताए ।

प्रधानमन्त्री शाह शुक्रबार काठमाडौँबाट सडकमार्ग हुँदै पोखरा पुगेका छन् । पोखराबाट उनी मुस्ताङ जाने कार्यक्रम रहेको छ ।