रास्वपाले तोक्यो नयाँ प्रवक्ता, जगदीश खरेल मनोनीत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नयाँ प्रवक्ताको जिम्मेवारी जगदीश खरेललाई दिएको छ। पार्टीले खरेललाई प्रवक्तामा मनोनीत गरेको हो।

खरेलले अब पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्ने तथा सञ्चारमाध्यमसँग समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछन्। पछिल्लो निर्णयसँगै रास्वपाले आफ्नो सञ्चार तथा सार्वजनिक अभिव्यक्तिको जिम्मेवारी खरेललाई दिएको छ।