बुधबारको मन्त्रिपरिषद् बैठकबाट दुई सचिव सरुवा


काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रका सचिव विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको हो।

सञ्चार मन्त्रालयका सचिव डा. कमल पोखरेलले केही दिनअघि राजीनामा दिएपछि पौडेललाई त्यहाँ पठाइएको हो।