एमालेको वर्तमान बहसमा झाँक्रीका ३ प्रश्न


काठमाडौँ । नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्र जारी पुनर्गठन र आन्तरिक लोकतन्त्रको बहसमा तीन प्रश्न उठाएकी छन्।

आइतबार फेसबुकमार्फत उनले ‘पार्टी पुनर्गठन भनेको आखिर के हो ?’ भन्दै प्रश्न गरेकी छन्। उनले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राखिए त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि गरेकी छन्।

झाँक्रीले एमालेको पुनर्गठन वास्तविक परिवर्तन हो कि नेतृत्व परिवर्तन मात्रै भन्ने विषयमा बहस आवश्यक रहेको संकेत गरेकी छन्।