प्रविधिको क्षेत्रमा भएको नयाँ प्रयोगले खेलकुद जगतलाई नै चकित बनाएको छ। १०० मिटर दौडमा विश्वकै तीव्र धावक मानिने उसैन बोल्ट को कीर्तिमानलाई रोबोटले उछिनेको दाबी सार्वजनिक भएको छ।
बोल्टले सन् २००९ मा १०० मिटर दौड ९.५८ सेकेन्डमा पूरा गर्दै कायम गरेको विश्व कीर्तिमान अहिलेसम्म मानव धावकका लागि चुनौतीकै रूपमा रहँदै आएको छ। तर अत्याधुनिक रोबोटिक प्रविधिको प्रयोगबाट मानवभन्दा तीव्र गतिमा दौडन सक्ने मेसिन विकास भइरहेको दाबीले भविष्यमा खेलकुद र प्रविधिबीचको प्रतिस्पर्धाबारे नयाँ बहस सुरु गरेको छ।
यद्यपि, रोबोटको प्रदर्शनलाई विश्व एथलेटिक्सको आधिकारिक १०० मिटर विश्व कीर्तिमानका रूपमा मान्न मिल्दैन। मानव एथलेटिक्सको नियमअनुसार मात्र मान्य प्रतिस्पर्धामा कायम भएको समयलाई विश्व कीर्तिमानका रूपमा मान्यता दिइन्छ।






















प्रतिक्रिया