काठमाडौँ । प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । बैठकमा चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी गरिएको छ ।
बैठकमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी पहिलो संशोधन, राहदानी पहिलो संशोधन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन र खानी तथा खनिज पदार्थ विधेयक समितिमा पठाउने प्रस्ताव पेस हुनेछन् ।
यस्तै, बैठकको सुरुवातमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।
संसद् सचिवालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।






















प्रतिक्रिया