काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले भारतीय स्टार विकेटकिपर–ब्याटर केएस भरतलाई टोलीमा भित्र्याएको छ ।
भारतका पूर्व टेस्ट खेलाडी भरतको आगमनसँगै काठमाडौं गोर्खाजको ब्याटिङ र विकेटकिपिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ । भरतले भारतीय क्रिकेटमा टेस्ट क्रिकेटसमेत खेलिसकेका छन् ।
एनपीएलको आगामी संस्करणमा भरतले काठमाडौं गोर्खाजबाट आफ्नो क्षमता प्रस्तुत गर्नेछन् । उनको आगमनले नेपाली क्रिकेट समर्थकमाझ पनि प्रतियोगिताप्रतिको उत्साह थप बढ्ने देखिएको छ ।






















प्रतिक्रिया