जनकपुर । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिकाको हत्या भएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन् । खोजीका क्रममा करिब दुई घण्टापछि उनको शव घरपछाडिको झाडीमा फेला परेको प्रहरीले जनाएको छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण हत्या भएको आशंका गरिएको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















प्रतिक्रिया