चीन जाने रवि लामिछानेको कार्यक्रम स्थगित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण स्थगित भएको छ ।

लामिछानेको नेतृत्वमा हुने भनिएको चीन भ्रमणका लागि तय भएका कार्यक्रमहरू स्थगित गरिएको हो । भ्रमण स्थगित हुनुको कारणबारे थप विवरण सार्वजनिक गरिएको छैन ।