काठमाडौँ । नेपाली कांग्रेसले सेयर बजारको समस्या र सुधारका उपायबारे विज्ञहरूसँग परामर्श थालेको छ ।
कांग्रेस सभापति गगन थापाले पार्टी र संसदमा आर्थिक मुद्दालाई तथ्यमा आधारित ढंगले उठाउन आर्थिक विज्ञहरूसँग छलफल सुरु गरिएको बताए । आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’ को तेस्रो शृङ्खलामा सेयर बजारको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे छलफल भएको हो ।
थापाले निर्वाचनपछि सेयर बजारमा अपेक्षाअनुसार सुधार आउन नसकेको भन्दै यसको कारण पहिचान गरी तत्काल गर्नुपर्ने सुधारबारे विज्ञको सुझाव लिइएको बताए ।
कार्यक्रममा अर्थशास्त्री, पुँजी बजार विज्ञ तथा कांग्रेस नेताहरू सहभागी थिए । छलफलबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गरी पार्टीका सांसदहरूलाई उपलब्ध गराउने कांग्रेसले जनाएको छ ।






















प्रतिक्रिया