रवि लामिछानेको कटाक्ष– ‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले किस्तीमा आएको प्रधानमन्त्री पदसमेत त्याग गरेको बताएका छन्।

आइतबार पार्टीको नीति, संगठन तथा नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले आवश्यक पर्दा नेता–कार्यकर्ता त्याग गर्न तयार हुनुपर्ने बताए।

उनले २१ सिटको दलको नेता हुँदा आफ्नो हस्ताक्षर मात्र बाँकी राखेर प्रधानमन्त्री बन्न प्रस्ताव आएको दाबी गरे। तर, देशले ठूलो परिवर्तन र नयाँ नेतृत्व खोजिरहेका बेला आफूले पद स्वीकार नगरेको उनको भनाइ छ।

‘हाँसीहाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई नमस्कार गरेको हुँ,’ लामिछानेले भने, ‘त्यो व्यक्तिगत गर्वको विषय होइन, इतिहासमा दर्ज भएको कुरा हो।’

उनले आफूले तत्काल प्रधानमन्त्री बनेको भए केही महिनामै पद सकिने र त्यसले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताए।