काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन सर्बिया जाने भएका छन्।
सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते हुने कार्यक्रममा मन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। मन्त्रिपरिषद्ले उक्त प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरिसकेको छ।
मन्त्री खनाल भदौ १४ गते सर्बिया प्रस्थान गर्ने र भदौ १७ गते नेपाल फर्कने कार्यक्रम रहेको छ। सन् १९६१ मा बेलग्रेडमै नामको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो।






















प्रतिक्रिया